कटेजमा आगलागी हुँदा एक पुरुषको मृत्यु, शव चिन्नै नसकिने अवस्थामा फेला

दोलखा, ३ चैत । दोलखाको भिमेश्वर नगरपालिकास्थित एक कटेजमा आगलागी हुँदा एक पुरुषको मृत्यु भएको छ । भिमेश्वर नगरपालिका–४ सार्केश्वारामा जस्ताको कटेजमा आगलागी हुँदा ५७ वर्षीय खड्गप्रसाद चौलागाईको मृत्यु भएको हो ।

जस्ताको टहरामा एक्लै बस्दै आएका चौलागाईको आगलागीमा परी शरीर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चौलागाईंको शव आगोले जलेर नचिनिने अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
कटेजमा कसरी आगलागी भयो भन्ने विषयमा केही खुल्न सकेको छैन । चौलागाईंका छोराछोरी र श्रीमती भए पनि उनी आफ्नो मूलघरभन्दा करिव ३० मिटर टाढा कजेटमा एक्लै बस्दै आएका थिए । मृतक चौलागाईंको शव घटनास्थलमै रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।