दिगो विकास समितिले प्रदेशस्तरमा अनुगमन गर्ने


३ चैत्र २०७५, आईतवार
digo

काठमाडौं, ३ चैत । दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ ।

digo

त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिइन् । अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ ।

सङ्घीय संसद्को चालु अधिवेशन समापन भएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने उनले बताइन् । बैठकमा सांसद दीनानाथ शर्मा, सरिता प्रसाइँ, रमेश रायमाझीलगायतले समितिको कार्यक्षेत्र तोकिएको विषयमा अनुगमन गरी सुधारका लागि सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका थिए ।

समितिले शुक्रबार सङ्घीय संसद् सचिवालयभित्रको पुराना सामानलगायत चमेना गृहको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको थियो । दिगो विकास र सुशासनका विषयमा अनुगमन जारी रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७