अब मोदी पनि चौकीदार

काठमाडौं, ३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकीदार उपनाम थपेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नामका अघि चौकीदार राखेका हुन् ।

मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकीदार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए ।

गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन् । भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि शुरू हुँदैछ । भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ ।