वायु सेवा कम्पनीहरुले तिरेनन् २ अर्ब ३५ करोड, यी हुन् रकम नतिर्ने कम्पनी


३ चैत्र २०७५, आईतवार
airport 1

काठमाडौं, ३ चैत । विभिन्न वायु सेवा कम्पनीहरुले विमानस्थल प्रयोग गरे वापत तिर्नुपर्ने करीब २ अर्ब ३५ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको छ ।

airport 1

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाईन्स, सौर्य एयर लाईन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब २ अर्ब ३५ करोड बराबरको ठूलो परिमाणको बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिएका छन् । आईतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ती बक्यौता रकममध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको जानकारी गराएका छन् ।

यसैबीच समितिका सदस्यहरुले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलमेतोमा सो बक्यौता रकम समेत हिनाहिना भएको हुनसक्ने आशंका गर्दै आक्रोश व्यक्त गरेका छन् । समितिका सदस्य राजन्द्रकुमार केसीले अरर्बौको रकम गैरजिम्मेवार ढंगले उठाउने काम गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गरे ।
उनले विमानस्थलका कर्मचारीहरुले अदालतलाई देखाएर पनि सो बक्यौता रकम हिनामिना गरेको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।

समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुमाथि प्रश्न गरेका थिए । उनले हिनाहिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदे सैह्य नहुने चेतावनी पनि दिएका थिए ।

यता, त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिनाभित्र सो बक्यौता रकम असुल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुनअनुसार ३ महिनाभित्र पनि सो बक्यौता रकम असुल नगर्ने कम्पनीको विमान सञ्चालनमा रोक लगाउने चेतावनी पनि दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायु सेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकी बक्यौता रकम धेरै भएको पाइएपछि त्यससम्बन्धमा सार्वजनिक लेखा समितिले आईतबार सरोकारवाला निकायसँग छलफल गरेको हो । समितिले कुन–कुन कम्पनीको कति बक्यौता रकम बुझाउन बाँकी रहेको हो ? त्यसको सम्पूर्ण विवरण झिकाएर दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७