परिवार नियोजनका साधन : जानकार ९० प्रतिशत, प्रयोग भने ४३ प्रतिशत मात्रै


३ चैत्र २०७५, आईतवार
0 Shares
condom use

काठमाडौं, ३ चैत । परिवार नियोजनका सेवा किन लक्षित वर्गमा पुगेन ? जानुपर्ने र सेवा लिनुपर्ने सेवाग्राहीले किन सेवाबाट विमुख हुन परिरहेको छ ?

condom use

यो प्रश्न अहिले परिवार नियोजनका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी प्रतिनिधिले गम्भीर रुपमा उठान गर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत लामो समयदेखि प्राथमिकता प्राप्त कार्यक्रममा परिवार नियोजन सेवालाई राखेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरकारी तथा अन्तर्राष्ट्रिय दातृ निकायबाट यस क्षेत्रमा कति लगानी भयो भन्ने कुनै लेखा जोखा छैन । तर विगत ५० वर्षमा परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । साधनका बारेमा ९० प्रतिशतलाई जानकारी छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख चिकित्सक आरपी विछाले भने, ‘परिवार नियोजन सेवा जानुपर्ने ठाउँमा पुगेको छैन ।

यस सेवा किशोर किशोरीलाई अति आवश्यक पर्छ तर उनीहरुको यसमा पहुँच नै छैन ।’
महाशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने एकीन जानकारी नभएको बताए । मन्त्रालयले आफ्नो कूल बजेटको दुई प्रतिशत बजेट यस क्षेत्रमा लगानी गर्छ ।

jagdamba.cement
rbbbb

विभिन्न दातृ निकायले संयुक्तरुपमा गरेको हालै सार्वजनिक अध्ययनका अनुसार अझै पनि ३४ प्रतिशत किशोर किशोरीको परिवार नियोजनको सेवामा पहुँच छैन । पहिलो सन्तानपछि सुत्केरी अवस्थामा परिवार नियोजनका बारेमा उचित जानकारी दिने हो भने ८४ प्रतिशत महिलाले परिवार नियोजनका विधि प्रयोग गर्दछन् ।

अर्काेतर्फ गत वर्ष सरकारी आँकडामा गर्भपतन गराउनेको संख्या एक लाख माथि रहेको छ । अध्ययनका अनुसार गर्भपतन गराउनेलाई परिवार नियोजनका सेवाको पहुँच नपुगेको देखिएको छ । पछिल्लो वर्षमा सरकारले परिवार नियोजनको सट्टामा परिवार योजनाले सम्बोधन गर्दै आएको छ ।

नेपालमा पहिलो पटक भोलिदेखि परिवार योजना सम्मेलन शुरु हुँदैछ । ‘पहुँच बाहिर परेकालाई समेट्ने’ भन्ने मुख्य नारामा केन्द्रित रहेको सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसकारी विज्ञको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा परिवार नियोजन सेवाको पूर्ति, माग, सेवाको पहुँच विस्तार, पहुँचमा नआएकालाई कसरी समेट्नेलगायतका विषयमा छलफल हुनेछ । साथै आगामी दिनमा परिवार नियोजनको प्रयोग दर बढाउन अपनाउनुपर्ने रणनीतिका बारेमा समेत छलफल हुने महाशाखाका प्रमुख विछाले जानकारी दिए ।

सरकारले परिवार योजना २०२० मा परिवार नियोजनको प्रयोगदर बढाउँदै यसको पहुँच विस्तार गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सम्मेलनमा परिवार कल्याणसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७