कट्रिनाका कारण विक्की कौशल र हर्लिन सेठीको ब्रेकअप !


३ चैत्र २०७५, आईतवार
0 Shares
vicky harleen katrina OerTI86D7S

काठमाडौं, ३ चैत । फिल्म सञ्जु, राजी, उरी द सर्जिकल स्ट्राइक जस्ता एकपछि अर्को सुपरहिट फिल्म दिइरहेका अभिनेता विक्की कौशल एकाएक बलिउडका सुपरस्टार बनिसकेका छन् ।

vicky harleen katrina OerTI86D7S

हालै रिलिज भएको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ ले २०० करोड भन्दा बढीको व्यापार गरिसकेको छ । बलिउडमा विक्की कौशलको स्टारडम बढ्दै गएपछि फ्यानहरुले उनको व्यक्तिगत जीवनका विषयमा पनि चासो राख्न थालेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विक्की कौशलले केही समय अगाडि एक कार्यक्रममा आफू अभिनेत्री हरलिन सेठीलाई डेट गरिरहेको कुराको खुलासा गरेका थिए । विक्कीको खुलासापछि हरलिनले उनीहरु दुवैको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै त्यस खबरको पुष्टि गरेकी थिइन् ।

तर अहिले यी दुवैबीचको सम्बन्धमा फाटो आएको खबरहरु सार्वजनिक भएका छन् । विक्की र हरलिनबीच ब्रेकअप भइसकेको छ । अभिनेत्री हरलिन सेठीले विक्कीलाई इन्स्टाग्राममा अनफलो गरिदिएकी छिन् । साथै उनले केही ब्रेकअपका तस्बिरहरु पनि लाइक गरेकी छिन् ।

jagdamba.cement
rbbbb

भारतीय मिडियामा सार्वजनिक भएका खबरहरुका अनुसार विक्की कौशल र हरलिन सेठीबीचको ब्रेकअपको कारण अभिनेत्री कट्रिना केफ रहेको बताइएको छ । हरलिनलाई विक्की कौशलले आफूलाई अभिनेत्री कट्रिना केफका कारण धोका दिइरहेको भन्ने लागेपछि यस सम्बन्धलाई तोड्ने निर्णय लिएको बताइएको छ ।

तर कट्रिना स्वयमले विक्की र हरलिनबीच ब्रेकअप गराउन खोजेको कुराको कुनै पुष्टि भने भइसकेको छैन । तर करण जोहरको शो ‘कफी विद् करण’ मा करण जोहर स्वयमले विक्कीलाई भनेका थिए, ‘कट्रिनाले भनेकी छिन् कि उनको जोडी विक्की कौशलसँग सुहाउँछ ।’

करण जोहरको यो कुरा सुनेर विक्कीले कट्रिनाले यस्तो भनेकी होलिन् भन्ने कुराको विश्वास नै नभएको बताएका थिए । आफ्नो अभिनय क्षमताका कारण बलिउडका सफलताको शिखरमा पुगेका विक्कीले अहिले नै कट्रिनालाई डेट गरेर सलमान खानसँग दुश्मनी मोल्ने गल्ती गर्न नसक्ने अनुमान पनि लगाइएको छ ।

उनका समर्थकहरुले अहिले नै विक्कीले आफ्नो करियरमा असर पर्ने यस्ता काम गर्न नसक्ने पनि बताएका छन् । विक्की कौशल यतिबेला करण जोहरले निर्माण गरिरहेको फिल्म ‘तख्त’ मा अभिनय रहनेछ । मल्टिस्टारर यस फिल्ममा अभिनेता रणविर सिंंह, करीना कपूर, आलिया भट्ट, जान्ह्वी कपूर, भूमि पेडनेकर र अनिल कपूरको अभिनय रहनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७