इण्डोनेशिया-नेपाल सम्बन्ध अद्वितीय


२० मंसिर २०७४, बुधबार
nayapage 1

काठमाडौँ: नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सीले इण्डोनेशिया–नेपाल सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताएको छ ।Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मंगलबार साँझ आयोजना गरेका स्वागत समारोहमा राजदूत प्रित्यासमियर्सीले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताए ।
अवैतनिक वाणिज्यदूत ढकालले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागिपरेको बताउँदै दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए ।

उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७