मेस्सीको ह्याट्रिकमा बार्सिलोना ४-१ काे जित

काठमाडौं,चैत ४ । (एजेन्सी) स्पेनिस ला लिगा अन्तरगत आइतबार राती भएको खेलमा बार्सिलोनाले रिय बेट्टिसलाई ४-१ गोलले पराजित गरेको छ।

सो म्याचमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले उत्कृष्ट ह्याट्रिकको योगदान दिए। जीतसँगै बार्साले लिगको श्रीर्ष स्थानमा कायम रहँदै १० अंकको अन्तर बनाएको छ।
तालिकामा समान २८ खेलेका एथ्लेटिको मड्रिड र रियल मड्रिड दोश्रो र तेश्रो स्थानमा रहेका छन्। उनीहरूले क्रमशस् ५६ र ५४ अंक छ।
ला लिगामा ३३ औं ह्यट्रिक गर्ने क्रममा मेस्सीले पहिलो गोल खेलको १८ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गरेका थिए।
यस्तै तेश्रो गोल उनले खेलको ८५ औं मिनेटमा गरे। मेस्सीले ह्याट्रिक गर्नु अघि बार्साका लागि तेश्रो गोल लुइस स्वारेजले खेलको ६३ औं मिनेटमा गरेका थिए।
रियल बेट्टिसले खेलको ८२ औं मिनेटमा एक गोल फर्काएको थियो। सो गोल लोरेन मोरनले गरेका थिए।
जितसँगै लिगमा बार्सिलोनाले ६६ अंक जोडेको छ।