काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,चैत ४ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ ।

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको र त्यसको धक्का काठमाडौँमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।