सुमार्गीले फर्काएनन् दुई अर्ब रकम, प्रधानन्यायाधीश आफैले आज सुनुवाइ गर्दै


४ चैत्र २०७५, सोमबार

काठमाडौं, ४ चैत । विवादास्पद छवीका व्यापारी अजेयराज सुमार्गीलाई इनभेष्टमेन्ट बै
.कबाट झिकेको दुई अब रुपैंयाँ सोही बैंकमा जारी गर्न गरिएको अन्तरिम आदेशको अझै पालना गरेका छैनन् ।

sumargi

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासहितको संयुक्त इजलासले बैंकबाट झिकेको रकम तत्काल बैंकमै फर्काउन अन्तरिम आदेश दिएको थियो । तर आदेश दिएको लामो समय बितिसक्दा समेत सुमार्गीले आफूले झिकेको उक्त रकम फर्काएका छैनन् ।

अजेयराज सुमार्गीले रकम फिर्ता नगरेपछि आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफै सुनुवाइ गर्दैछन् । राणा र न्यायधीश बमकुमार श्रेष्ठको इजलासमा आज उक्त मुद्दामा सुनुवाइ हुँदैछ ।

गत पुस १० गते तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश जारी भए लगत्तै सुमार्गीले २ अर्ब रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुस २१ गते निकालेका थिए ।

उनले रकम झिकेर लगेपछि प्रधानन्यायाधीश राणासहितको संयुक्त इजालासले इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न अर्को आदेश जारी गरेको थियो । राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको थियो ।

त्यसअघि राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएपछि व्यापारी सुमार्गी मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम भन्दै सर्वोच्च पुगेका थिए । सुमार्गीको खातामा पटक–पटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन् । सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए ।

खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो । उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७