जनप्रतिनिधिको यातायात सुविधाको रकम जनताको सेवामा


४ चैत्र २०७५, सोमबार
0 Shares
money
फाइल फोटो

गाईघाट, ४ चैत । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् ।

money

जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छ भने तीन गाउँपालिकाले पनि अध्यक्ष तथा उपाध्यक्षका लागि गाडी किनिसकेका छन् लिङचुङबुङ गाउँपालिकाको शनिबार बसेको बैठकले गाउँपालिकाका जनताको सुबिधाका लागि बस किन्ने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्लाको सदरमुकाम गाईघाट, मुर्कची हुँदै हलेसी सडकमार्ग खण्डको लिङचुङबुङसम्म यातायात सञ्चालनको लागि बस किन्ने निर्णय गरिएको उनले जानकारी दिए ।

किन आफूहरुको सुविधा कटौटी गरेर बस किन्ने निर्णय गर्नुभयो भन्ने प्रश्नको जवाफमा अध्यक्ष राईले भन्छन्, ‘हाम्रो गाउँपालिका उदयपुरको विकट पहाडी क्षेत्रको गाउँपालिका हो, जनताका लागि जिल्लाको सदरमुकाम गाईघाट वा मुर्कुची बजारसम्म आवतजावतका लागि सार्वजनिक यातायातको साधन छैन, हामी जनप्रतिनिधिका लागि किन सेवा सुविधा चाहियो, पहिला जनताको सुविधाका लागि दुईवटा बस किन्न करीब रु ५९ छुट्याएका छौँ ।’

jagdamba.cement
rbbbb

अहिले स्थानीय तहका जनप्रतिनिधि सेवा तथा सुविधा भोगी बन्दै गएका कारण जनताको स्थानीय सरकारप्रति वितृष्णा फैलिँदै गएको हुनाले पनि आफूहरुले सेवा सुविधा त्यागेर जनताका लागि काम शुरु गरेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताइन् ।

उक्त गाउँपालिकाले अब छिट्टै दुईवटा बस गाईघाट, मुर्कुची, माझखर्क लिङचुङबुसम्म बस सञ्चालन गरेर गाउँका जनतालाई आवतजावत गर्न सहज बनाउने कार्य शुरु गर्न लागेको पनि जनप्रतिनिधि बताउँछन् ।

गाउँपालिकाले सञ्चालन गर्ने बस नियमित सञ्चालनका लागि उदयपुरको रौतामाईको मुर्कची बजारदेखि लिङचुङबुङसम्मको झण्डै २५ किलोमिटर सडक सुधारका लागि रु ३० लाख बजेट छुट्याइएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७