काठमाडौं आउँदै गरेको जहाज एयर फ्रान्सको जहाजसँग कसो जुधेन, यसरी बचाए पाइलटले


४ चैत्र २०७५, सोमबार
Etihad Air Air France

काठमाडौं, ४ चैत । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० ठूलो दुर्घटनाबाट जोगिएको छ ।

Etihad Air Air France

काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झण्डै जुधेका टाइम्स अफ इण्डियाले जनाएको छ ।

गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३ हजार फिट माथि उडाउन आदेश दियो । टाइम्स अफ इण्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो ।

‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए ।’ दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए ।

भारत र पाकिस्तानका वायुसेनाबीच विवादस्पद कस्मिरमा केहि समयअघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तर्रािष्ट्रय जहाज उड्न प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन् ।

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडिरहेका छन् । त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ ।

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन् । पाकिस्तानको आकास नखुल्दा कैंयन खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन् । दशलाख भन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७