अब शिक्षकले अध्यापन अनुमतिपत्र लिन नपर्ने


४ चैत्र २०७५, सोमबार
0 Shares
teacher

काठमाडौं, ४ चैत । के तपाई अध्यापन अनुमति पत्र नभएर शिक्षण पेसामा लाग्न समस्या भइरहेको छ ? अनि अध्यापन अनुमतिपत्र कसरी लिने भनेर चिन्तित हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले चिन्ता नलिए हुने भएको छ । किनकी अब शिक्षण पेसाका लागि अध्यापन अनुमति पत्र नचाहिने भएको छ ।

teacher

शिक्षण अध्यापन अनुमतिपत्रको विकल्पमा आगामी आर्थिक वर्षदेखि शिक्षकका लागि खुल्ला सिकाइमा आधारित एक वर्ष पेशागत तालिम सञ्चालन हुने भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गर्ने यो तालीम लिएकाले शिक्षक बन्न अनुमतिपत्रको परीक्षा दिनुपर्ने वा शिक्षा शास्त्र सङ्कायमा अध्ययनको अनिवार्यताको अन्त्य हुनेछ ।
सो तालिम सञ्चालनका लागि पाठ्यक्रम र आवश्यक सामग्री आउँदो वैशाखभित्र विकास गरी नयाँ आर्थिक वर्षमा कार्यान्वयनमा ल्याइने भएको छ ।

तालिम सञ्चालनका लागि केन्द्र र खुला विश्वविद्यालयबीच समझदारी भएको छ । केन्द्रका महानिर्देशक बाबुराम पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माको उपस्थितिमा केन्द्रका उपमहानिर्देशक खगेन्द्रप्रसाद नेपाल र विश्वविद्यालयका डीन प्रा डा रामचन्द्र पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

jagdamba.cement
rbbbb

महानिर्देशक पौडेलले विएड वा सोसरह शैक्षिक योग्यता हासिल नगरे पनि माध्यमिक तहमा अध्यापनरत शिक्षकहरु यस व्यवस्थाबाट लाभान्वित हुने बताउँदै प्राविधिक धारका विद्यालयमा अध्यापनरत प्राविधिक जनशक्तिलाई लक्षित गरेर तालीम सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७