इन्डोनेसियामा बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ७७ पुग्यो


४ चैत्र २०७५, सोमबार
Jakarta

काठमाडौं, ४ चैत । जाकार्ता इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या ७७ पुगेको छ ।

Jakarta

यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिएका छन् ।

स्थानीय समयानुसार साँझ शनिबार ६ बजे आएको यस बाढी परी अझै पनि कयौँ व्यक्ति बेपत्ता रहेका छन्। बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् । (रासस, सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७