सेनाले ७ हेलिकोप्टर किन किन्ने, कहाँबाट कति खरिद ?


२० मंसिर २०७४, बुधबार

काठमाडौं : सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।  आजको कारोबार  दैनिकमा खबर छ ।  nepal army helicopter

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद ?
इटालियनः २ (१४ सिट)
इन्डोनेसियाः २ (ट्रेनर जहाज)
फ्रान्सः १ (फिक्स्ड विङर कार्गो)
अमेरिकाः बेल (६ सिट र इकुरेल ९४ सिट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७