सीके राउतको पार्टीकाे नाम अब ‘जनमत पार्टी’ दर्ता गरिंदै

राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति निर्वाचित


४ चैत्र २०७५, सोमबार
ck 3

काठमाडौं, ४ चैत । सिरहाको लहानमा चलेको राष्ट्रिय परिषद वैठकले सीके राउत नेतृत्वको पार्टीको नाम फेर्दे अ ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

ck 2

सोमबार सकिएको परिषद वैठकले स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन गर्दै ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो । बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सीके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

बैठकले सरकारसँग भएको ११ बुंदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । मुलधारको राजनीतिमा आउने सहमतिका साथ मधेस झरेका सीके राउतको अवको राजनीति कस्तो बाटोबाट अगाडि बढ्छ भन्ने कुरा सबैको चासोको विषय बनिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७