२०७५ चैत ५ गते मंगलबारको तपाईको राशिफल


५ चैत्र २०७५, मंगलवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । भूमिबाट लाभ रहला ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । शुभकार्यको चर्चा चल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पूरा होला । मिष्ठान्न भोजन प्राप्ति होला । वित्तीय संस्थाबाट सहयोग पाइने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मान प्रतिष्ठामा बृद्धि होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यात्रामा मालसामान हराउन सक्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । व्यापार व्यसायबाट लाभ मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक चिन्ता वढ्ने छ । अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाइने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउने छ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७