आउँदो गणनामा नेपालको जनसंख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण

काठमाडौं, ५ चैत । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसंख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसंख्या देख्न पाइन्छ ।

प्रक्षेपण बोर्डले नेपालको जनसंख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो ।
प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ । गोरखापत्र दैनिकबाट