नेकपाको मधेस कार्ड ‘पलट’


५ चैत्र २०७५, मंगलवार
0 Shares
CK Raut Gard

काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग सहमति गरी राष्ट्रिय परिषद् बैठकमा पृथकतावादी भनिएका सीके राउतले दल दर्ता गराउने निर्णय गरेका छन् ।

CK Raut Gard 1

उनले दल दर्ताका लागि आवश्यक हस्ताक्षर संकलन र दलमा बस्नका लागि नेपाली नागरिकताधारी मात्र हुनुपर्ने प्रस्ताव पास गराएका छन् । यद्यपि, उक्त प्रस्तावलाई बाहिर ल्याउने नल्याउने भन्ने विषयमा मतभेद भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कुनै पनि गोप्य निर्णय बाहिर आउनसक्ने भएका कारणले नै उनले बैठकमा उपस्थित हुने प्रत्येक सदस्यको डिजिटल इक्युपमेन्टलाई बाहिर नै राखे भने सुरक्षा निकायलाई पनि भित्र छिर्न निषेध गराएका हुन् । मधेसवादी दलको समानान्तर शक्तिका रूपमा नेकपाले रातारात उभ्याएका राउतसँग अन्य गोप्य सम्झौता पनि भएका छन् । उच्च स्रोतका अनुसार राउतलाई मुख्यमन्त्री बनाउनसम्मका लागि नेकपाले सहयोग गर्नेछ ।

त्यसअघि राउतले दल दर्ता गराएर मधेसमा समानान्तर राजनीतिमा सक्रिय रहने सहमति गरेका छन् । जसलाई नेकपाले मधेसमा राजपा र संघीय समाजवादी फोरमलाई ‘चेक एन्ड ब्यालेन्स’ मा राख्ने नीतिका रूपमा पनि लिएको छ ।

jagdamba.cement
rbbbb

उच्च स्रोतका अनुसार एक बर्ष्भित्र मधेसमा आफ्नो उपस्थिति बलियो बनाएको खण्डमा मुख्यमन्त्रीसम्म बनाउने आश्वासन दिएको छ । त्यसो हुन नसके सरकारले नियुक्ति गर्ने राष्ट्रिय सभा सदस्यका रूपमा मधेसको प्रतिनिधिका रूपमा राउतलाई ल्याइने छ ।

विभिन्न राजनीतिक शक्ति र संगठनको आन्दोलनसहित उसले निम्त्याउन सक्ने खतराका विषयमा गृह मन्त्रालयमा रिपोर्ट आएको थियो । गुप्तचर संस्थादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सम्मको सूचनाले राउतको शक्ति र अन्यबाट खतरा रहेको रिपोर्ट मन्त्रालयमा थियो ।

विभिन्न कोणबाट आएका खतरनाक रिपोर्टका आधारमा त्यसलाई निराकरण गर्नका लागि राउतसँग विभिन्न चरणमा वार्ता गरी राजनीतिक अवतरण गर्ने सुझाव मन्त्रालयले दिएको थियो । नेपाली सेनाले त राउतसहित नेकपा विप्लव समूहबाट पनि मुलुकमा खतरा रहेको रिपोर्ट सुरक्षा समितिमा बुझाएको थियो ।

‘यहि खतरालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीसहित गृहमन्त्रालयले यो अवतरण गराएको हो’, स्रोतले भन्यो,‘यस विषयमा जुन हिसाबले टिप्पणी भएका छन् । तिनले राजनीतिक स्वार्थका आधारमा व्याख्या गर्नु उचित हुँदैन ।’

यता कतिपय संघीयता पक्षधर अगुवाले भने जनताबाट निर्वा्चित भएका राजपाका सांसद रेशमलाल चौधरीलाई आजीवन काराबास दिने र राउतलाई मूलधारको राजनीतिमा ल्याउनु गलत भएको बताएका छन् । देश टुक्राउँछु भन्नेलाई छुट र देश जोड्छु भनी अधिकार माग गर्नेलाई आजीवन जेल सजाय दिनू गलत भएको बताइएको हो ।

सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरेका थिए । जनमतसंग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उनले यसबाट सबैको जित भएको बताएका थिए । प्रधानमन्त्री ओलीले पहल गरेर आफ्नो अभियानलाई शान्तिपूर्ण रूपमा सुरक्षित अवतरण गराएको भन्दै राउतले उनलाई धन्यवाद दिएका थिए । जनप्रहार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७