निर्मला पन्त प्रकरणमा मुछिएका पूर्व एसपी अदालत हाजिर


५ चैत्र २०७५, मंगलवार
nirmala n sp bista 1 kaqcWcR5GV

कञ्चनपुर, ५ चैत । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा मुछिएपछि बर्खास्तीमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

nirmala n sp bista 1 kaqcWcR5GV

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट मात्र अदालतमा आउनु भएको छ,’ अदालतका श्रस्तेदार हरिकृष्ण अवस्थीले भने ।

निर्मला पन्त हत्या प्रकरणका अन्य ६ जना आरोपीहरु भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो । निर्मलाको हत्या भएको आठ महिना पुगिसक्दा समेत प्रहरीले हत्यामा संलग्नको पहिचान समेत गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७