गलत लिखत तयार गरी श्रीमतीलाई शिक्षक नियुक्ति, अख्तियारले हाल्यो मुद्दा


५ चैत्र २०७५, मंगलवार
0 Shares
aktiyar

रौतहट, ५ चैत । गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेका एक प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

aktiyar

श्री निम्न माध्यमिक विद्यालय मोतियाही, रौतहटका तत्कालीन प्रधानाध्यापक रमेश तिवारीले आफू कृषक समूह प्रा.वि.जुडीवेलामा कार्यरत रहँदा कीर्ते सहीछाप गरी आफ्नी श्रीमती ललिता तिवारीलाई राहत शिक्षकमा नियुक्ति गरेको उजुरीका आधारमा अख्तियारले मुद्दा चलाएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तिवारी उक्त विद्यालयमा कार्यरत रहँदा कीर्ते दस्तखत गरी शिक्षक पदपूर्तिको सूचना प्रकाशन गर्ने देखि नियुक्तिसम्मका विभिन्न निर्णय गरेको देखिएको अख्तियारको दावी छ ।

उनले गलत कागजात तयार पारी तत्कालिन जिल्ला शिक्षा कार्यालय, रौतहटलाई पत्राचार गरी आफ्नी श्रीमतीलाई गैरकानूनी रूपमा प्रा.वि.स्तरको राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

jagdamba.cement
rbbbb

२०६३ असार १२ देखि २०६६ भदौ १२ गतेसम्म कृषक समूह प्रा.वि. जुडीवेलामा हाजिर नभए पनि उनको नाममा २ लाख ५६ हजार ९९० रुपैया निकासा भएको अख्तियारले जनाएको छ । हिनामिना र हानी नोक्सानी गरेको उक्त रकम बिगो असुल उपर गर्न अख्तियारले माग दावी गरेको छ ।

विद्यालयमा हाजिरै नभई लिएको विगो दावी गर्दै अख्तियारले ललिता विरुद्द पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७