यसरी बन्यो बबीको अन्तिम विकल्प ‘यौन व्यवसाय’


२० मंसिर २०७४, बुधबार
sex business
sex business
प्रतिनिधी तस्बिर ।

बबी तामाङ, तेस्रो लिंगी  :
छोरो भएर जन्मे । हुर्कदै जाँदा छोराको भुमिका निर्वाह गर्न सकिनँ । सबै ताहना छोरीको जस्तो भयो ।
छोरीकै गर्न कपडा लगाउन थालेँ ।

छोरा मान्छे मन पर्न थाल्यो । घरपरिवार तथा समाजमा गिज्याउने पात्र बनाए । हेला र गलत दृष्टिकोणले हेर्न थाले ।
प्रकृतिले त्यस्तो बनायो, यसमा हाम्रो के दोष ?

पढ्दै थिएँ, शिक्षक र साथीको हेलाले पढ्न छोड्नुपर्यो । अभिावकले गाली गरेर घरबाट निकाले । कहाँ जाने के गर्ने कसैले काम दिँदैन ।
सरकारले पनि वास्ता गरेन । अनि अन्तिम विकलप बन्यो देहव्यापार ।

याे पनि पढ्नुहाेस्
याैनव्यापारमा कलिला बालिकाकाे यस्ताे कहालिलाग्दो कथा

एक दुई हजार रुपैयाँका लागि चिसोमा बस्न कसलाई रहर लाग्छ र तर बाँच्नको लागि खान लाउन त पर्यो नि । काम गर्ने अवसर पाए गथ्र्यौँ ।
मौका पाउनले गायक मोडल व्यवासइ बनेका छन् । सरकारले पनि तेस्रो लिंगीका लागि केही सोच्नुपर्छ । आफैलाई बेचेर जीवन चलाउँदा नि सुख छैन ।

पुलिसे लैजान्छ, हप्ता दिन राखेर दसपन्त्र्र हजार धरौटीमा छोड्छ । फेर त्यो पैसा तिर्न सडकमै जानुपर्छ ।
सकारले केही व्यवस्था गरिदिए यौन पेसा त्याग्ने थिए । पत्रकार हामीसंग ग्राहक बनेर आउँछन् ।

हाम्रो काममा बारेमा यस्तो,उस्तो गर्छन्, समाज विगार्छन् भनेर समाचार लेख्छन् । तर समस्या सकाधान के गरेर हुन्छ भनेर लेख्दैनन् ।

 नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७