शिक्षिका आमाले आफ्नै छोरामाथि यौनहिंसा गर्दै भिडियो बनाएपछि


५ चैत्र २०७५, मंगलवार
A 2


काठमाडौं, ५ चैत । एक आमाले आफ्नौ सन्तानमाथि यौन हिंसा गर्छ भन्ने कसैले पत्याउन सक्दैन र यस्तो सोच्न पनि सकिंदैन ।

A 2

तर, संसारमा सबै मानिस एकै खालका छैनन् र हुँदैनन् पनि । यसैले त एक आमाले आफ्नै छोरामाथि यौन हिंसा गर्दै भिडियो समेत बनाएकी छन् । अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिकाले आफ्नै सन्तानको यौनहिंसा गरेर भिडियो खिचेको र त्यसलाई तत्कालीन प्रेमीलाई पठाएको आरोप लागेको छ ।

औद्रा म्याबेल, ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो । जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

0 Audra Mabel 13CZG3wCWN 2

अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो । म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ । तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् ।

0 Audra Mabel 2 LySJRAh8nn 1

अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसले बतायो । स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए । म्याबेलले सन् २०१६ को नोभेम्बरदेखि सन् २०१७ जुनसम्म लेयन्स स्कूलमा पढाइन् । त्यसपछि उनी फ्लोरिडास्थित आफ्नो घर फर्किइन् । रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७