‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’


५ चैत्र २०७५, मंगलवार
blod2

काठमाडौं, ५ चैत । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन् । बमको आर्थिक अवस्था कमजोर छ ।

blod2

‘मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’, उनले पीडा सुनाइ रहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाइन् । ‘छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने ?, उनले भनिन् ।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाइन् । ‘छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो’, उनले भनिन् । बमका मामा टेकबहादुर शाह श्रीमानले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७