सांसद नविना लामा नर्भिक अस्पताल भर्ना, स्वास्थ्य परीक्षण हुँदै


५ चैत्र २०७५, मंगलवार
nabina lama1

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद नविना लामालाई अस्पताल भर्ना गरिएको छ ।

nabina lama1

छातीमा दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक डा. जेपी जैसवालले जानकारी दिएका छन् । उनको आवश्यक परीक्षण भइरहेको छ । उनलाई एक दिन अस्पतालमा नै आराम गर्न सुझाव दिइएको छ । लामालाई मंगलबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७