सांसद नविना लामा नर्भिकबाट डिस्चार्ज

काठमाडौं, ५ चैत । थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी नेकपाकी सांसद नविना लामा डिस्चार्ज भएकी छन् ।

सोमबार अस्पताल भनाए भएकी उनी आज (मंगलबार) डिस्चार्ज भएकी छन् । उनी हिजो सोमबार छाती दुख्ने समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । उनलाई अस्पतालका डा. जेपी जैशवाल नेतृत्वको टोलीले उपचार गरेको थियो ।