रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो, मेस्सी तेस्रो, अरु को कति स्थानमा ?


५ चैत्र २०७५, मंगलवार
cristiano ronaldo lionel messi

काठमाडौं, ५ चैत । पोर्जुगल र युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो स्थानमा परेका छन् । ईएसपीएन नेटवर्कले गरेको सर्वेक्षणले बास्केटब खेलाडी एलए लेकर्सका लेब्रन जोन्स दोस्रो रहेको र अर्जेन्टिना र बार्साका खेलाडी लियोनल मेस्सी तेस्रो स्थानमा रहेका छन् ।

cristiano ronaldo lionel messi

ईएसपीएनले तीन आधारहरुमा खेलाडीको अन्तिम नतिजा निकालेको हो । उनीहरुलाई ईन्टरनेटमा खोजिएको, बिज्ञापन खेलेको संख्याका आधारमा कमाउने रकम, र सामाजिक संजालहरुमा पच्छयाउनेहरुको संख्याका आधारमा छनौट गरिएको हो ।

अर्का ब्राजिलियन फुटबल स्टार नेयमार चौथो स्थानमा रहेका छन् । टेनिस स्टार रोजर फेडरर छैठौं स्थानमा रहेका छन् भने नाडाल ८औं स्थानमा रहेका छन् । भारतीय क्रिकेट कप्तान बिराट कोहली सातौं स्थानमा रहेका छन् ।

१३ स्थानमा भारतीय क्रिकेट खेलाडी महेनद्र सिंह धोनी रहेका छन् । महिलाहरुमा प्रथम स्थानमा रहेकी सेरेना विलियम्स सबैमा १७औं स्थानमा रहेकी छिन् । यस्तै अर्की टेनिस सुन्दरी मारिया सारापोभा ३७औं स्थानमा रहेकी छिन । भारतीय टेनिस खेलाडी सानिया मिर्जा ९३औं स्थानमा रहेकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७