घुम्ती बिमा संचलन गर्दै एनसिस र प्रभु लाइफ इन्स्योरेन्स


५ चैत्र २०७५, मंगलवार

काठमाडौं,चैत ५ । नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सले घुम्ती बिमा संचालन गर्ने भएका छन् ।

घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान संचालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी ९एनसिस० र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको हो । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनसिसका तर्फबाट मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बिमाअन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ ।

बिमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७