भोजपुरलाई चिनाउँदै ‘भरत कुलुङ’


५ चैत्र २०७५, मंगलवार
427 Shares
bharat kulung

काठमाडौं, ५ चैत । आफ्नो ‘नाभी’ जोडिएको ठाउँ सबैलाई प्यारो हुन्छ । आफू जन्मिएको प्यारो ठाउँको वर्णन र तारिफ सबैका लागि रुचीकर हुन्छ ।

उसो त मानिसले आफ्नो ठाउँको चर्चाका लागि कुनै न कुनै क्षेत्रबाट प्रयासहरु गरिरहेका हुन्छन् । तर, भरत कुलुङ्गको आफ्नो ठाउँलाई चिनाउने कोशिस भने अलि फरक छ । शिक्षण पेसामा रहेका भरतले आफ्नो ठाउँको परिचय फराकिलो बनाउन शिक्षासँगै संगीतको सहयोग लिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शहरको एउटा कुनै कोठामा बसेर गीतका लागि शब्द मरितरी शब्द खोज्ने गीतकारहरुको संख्या बढिरहेका बेला भरत कुलुङ्गले भने भोजपुरका गाउँघरमा चल्ने शब्दहरुलाई संकलन गर्दै आफ्नै गाउँघरको वृहत परिचय दिने गीतहरु सिर्जना गरेका छन् ।

माया–प्रेमका प्रसङ्गहरुले बढी ठाउँ पाइरहेको सांगीतिक बजारमा भरतले माया–प्रेमसँग आफ्नो जिल्लाको भूगोल, सँस्कृति, चाड पर्व र मेलापर्वहरुलाई आफ्नो गीति सिर्जनामा अटाएका छन् । उनले लेखेका गीतहरुमा सम्भावना भएर पनि प्रचार प्रसारको अभाव पछि परेका साल्पा पोखरी र सिलिचुङ क्षेत्रको अन्यतै सुन्दर ढङ्गमा वर्णन गरेका छन् ।

jagdamba.cement
rbbbb

उनले आफ्नो गीतमा जिल्लाको सबै क्षेत्रमा बिर्सेका छैनन् । उनले गीत लेखिरहँदा आफ्नो जिल्लाका मुख्य गाउँहरु, खोलानाला र त्यसको अवस्थिति र विशेषतालाई मात्र शब्द गेडामा उतारेका छैनन् उद्यौली–उभौली, र मेलापातको रमाइलो र प्रेम प्रसङ्गलाई सजीव रुपमा उतारेका छन् ।

डेढ दशकदेखि शिक्षण पेशा रहेका भरत कुलुङ साहित्य क्षेत्रमा पनि उतिकै सक्रिय नाम हो । लामो समय जिल्लामै शिक्षण गरेर भर्खर मात्र जिल्ला बाहिर शिक्षण नै गरिरहेका कुलुङ आफ्नो गीत जन्मभूमिको मायाले उम्रिएको सांगीतिक विरुवाका रुपमा लिन्छन् ।

भरतले लेखेको ‘भोजपुरको शिरानी सिलिचुङ’ बोलको गीत राई इज किङका रुपमा समेत परिचित चर्चित गाएका राजेश पायल राई र लिला राईले साथ दिएक छन् । मनोज साङसोङ राईले संयोजन गरेको थीतको मिक्सिङ्ग राज कार्की र रेकर्ड सुरेश राईले गरेका छन् । भर्खरै बजारमा आएको यो गीत अहिले चर्चामा रहेको छ ।

गीतले भोजपुरको एउटा साङ्गोपाङ्गो चित्र सुन्नेहरुको आँखामा झलझली आउँछ । माया प्रेमका गीतहरुको बाढी आइरहेका बेला तपाईले त जिल्लाको चिनारी दिने गीत लेखेर बजारमा ल्याउनु भयो नि भन्ने जिज्ञांसामा गीतकार भरत भन्छन्, ‘भोजपुर जिल्लाको चिनारी गीत लेख्ने कोशिस र माटोको सुगन्ध खोज्ने प्रयास गरेको छु, भोजपुरबाट अलग भएर बस्नुपर्दाको जन्मभुमिको मायामा उम्रेका अक्षरहरूको सङ्गालो हो ।’

गीतकार कुलुङले यसअघि हिमथुङ्गा र पहाड माला कथा सङ्ग्रह र किराँत कुलुङ जातिहरूको साँस्कृतिक पुस्तक किराँत कुलु खुलु रिङ प्रकाशित गरिसकेका छन् । उनको गजल, कवितालगायतका थुप्रै फुटकर रचना पनि प्रकाशित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७