मोडल परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक पक्राउ


५ चैत्र २०७५, मंगलवार
pari

काठमाडौं, ५ चैत । मोडल परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक राजकुमार कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।

pari

सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुग्ने गरी उत्तेजक अन्तरवार्ता दिएको आरोपमा तामाङ पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् । सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७