प्रभु बैंकको विराटनगरको नयाँ शाखा तिनपैनीमा

काठमाडौं, ५ चैत्र । प्रभु बैंकले विराटनगरमा नयाँ शाखा खोलेको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ मोरङको विराटनगर महानगरपालिका-२ स्थित तिनपैनीमा शाखा सञ्चालनमा ल्याएको हो ।
तिनपैनी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले गरे ।