सिद्धार्थ बैंकको थप दुई शाखा सञ्चालनमा

काठमाडौं,५ चैत्र । सिद्घार्थ बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलबार इचंगुनारायण र धनेश्वरस्थित दुई शाखाहरुको औपचारिक समुद्घाटन सम्पन्न गरेको हो । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उप–मेयर सुशीला अधिकारी र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उप–मेयर ज्ञान माया डङ्गोलले गरे ।

यससँगै बैंकको कुल शाखा १ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्