७८ लाख घुस लिएका पूर्व आयुक्त पाठकसँग बयान लिन थालियो


६ चैत्र २०७५, बुधबार
0 Shares
pathak

काठमाडौं, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ ।

pathak

पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेलुका पाठकलाई निवासमै लगेर छोडिदिएको छ । उनीसँग बयान नसकिएको अख्तियारले जनाएको छ । पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४ सै घण्टा निगरानीमा राखेका छन् ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भनी कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७