एक व्यक्ति जसले सिङ्गो गाउँलेलाई ऋणमा डुबाएर भागे


६ चैत्र २०७५, बुधबार
money NuUgsLectB

धनुषा, ६ चैत । धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् । कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन् ।

money NuUgsLectB

चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन् । निर्धन लघुवित्त वित्तीय संस्थाबाट ५० हजार, स्वावलम्बन लघवित्त वित्तीय संस्थाबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी १ लाख गरी तीन लाख २० हजार ऋण लिइन् ।

सहजादीले बैंक र साहुसँग लिएको ऋण गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन् । तर सबै रुपैयाँ लिएर सिंह शान्तिपुर गाउँ छाडी भागेपछि सहजादीको बिचल्ली भएको छ ।

सहजादीसँग मात्रै सापटी लिएर भागेका होइनन्, सुरेन्द्र । उनी जस्तै शान्तिपुरका दर्जनौंसँग सापटी रकम लिएर उनी भागेका हुन् । सुरेन्द्रले करिब १५ लाख रुपैयाँ लिएर गाउँ छाडेको स्थानीयको भनाइ छ । साँवाब्याज गरेर अहिले त्यो रकम ४० लाख रुपैयाँ हुन आउँछ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७