होलीको हर्ष (फोटो फिचर)

६ चैत्र २०७५, बुधबार
cov

काठमाडौं, ६ चैत । रङ दल्दै आपसमा खुशीयाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।

cov
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रासस ।

विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको काठमाडौँ मैतीदेवीमा होली खेल्दै गरेका युवा हरिकृष्ण शर्माले बताए ।

हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रल्ह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशीयालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ । अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रुपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ ।

बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्नेलगायत उच्श्रृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

आज बिहान काठमाडौँका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन् । भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन् । मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन् । होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने सांस्कृति कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ । कतिय भने होली मनाउने तयारीमा देखिएका थिए ।

उच्श्रृङ्खलता प्रदर्शन नगर्न अनुरोध
सरकारले होलीका अबसरमा उत्श्रृङ्खलता प्रदर्शन नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । खुशियाली साटासाट गरी मनाइने होली(फागू) पर्व मर्यादित रुपमा मनाउन सरकारले सबैमा आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गर्दै भने, ‘पर्व मनाउने नाममा इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैरकानूनी र उच्श्रृङ्खल किसिमका गतिविधि भएमा कारवाही हुन्छ ।’

नेपाल प्रहरीले समेत होली विशेष सुरक्षा योजना ल्याएर विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यसपालि तीन दिन अघिदेखि नै होलीमा अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ । प्रहरीले होली उच्श्रृङ्खल नहोस् भनेर समुदायसँग मिलेर माइकिङ गरी प्रचारप्रसारका कार्यक्रम गरेको थियो ।

ठाउँ ठाउँमा ‘चेक प्वाइन्ट’
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कुनै उच्।ुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए । यस पटक काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ ।

सवारी आवागमन न्यून
आज होलीका कारण काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबरजस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको उनले बताए ।

हेर्नुस् तस्विर

1 9
फागु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : रासस
2 7
फागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली पर्वको अनुभव क्यामारामा कैद गर्दै पर्यटक । तस्वीर : रासस
3 5
फागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : रासस
4 2

5 2

6 2

7 2

8 2

9 2

10 2
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रासस ।
11 2

12 1

13 1

14

15

16

17

18

19

20

21

22

23

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७