प्रनानिले मदिरा पिएर दुर्व्यवहार गरेको भन्दै जुम्लाका कैदी हड्तालमा, राखे सरुवाको माग


६ चैत्र २०७५, बुधबार
Jumla Karagar

जुम्ला, ६ चैत । जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफूहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीको आरोप छ ।

Jumla Karagar

मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्ने खड्काको सरुवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टिबाट तालाबन्दी गरी यही चैत ४ गतेदेखि हडताल शुरु गरेको जनाएका छन् । औषधोपचार जस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाही समेत गर्ने गरेको उनीहरूको आरोप छ ।

कैदीबन्दीलाई दुव्र्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको जुम्ला कार्यालयका अधिकृत सुरबहादुर परियारले बताए । उनले भने, ‘प्रहरीले मदिरा सेवन गरे नगरेको स्वास्थ्य परीक्षण प्रतिवेदन मागेका छौँ ।’ आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश केसीले कैदीबन्दी र प्रहरीबीच एकापसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । ‘ङ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता २०० को छ ।

कारागारमा हाल ५९ कैदी र २० जना थुनुवा गरी ७९ जना छन् । सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनर्निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७