प्रधानमन्त्रीले शेयर आवेदन दिएको त्रिशुलीमा माग भन्दा बढी आवेदन, पहिलो दिन नै चार गुणा बढी प्रतिवद्धता


८ चैत्र २०७५, शुक्रबार
kp oli 2

काठमाडौं, ८ चैत । ‘जनताको जलविद्युत’ अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो आवेदन दिएको त्रिशुली थ्री बीको शेयर खरिदका लागि मागभन्दा बढी आवेदन परेको छ ।

kp oli 2

बिहीबारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको हो । पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करीब चार गुणा बढी प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन हालेका थिए । दुई लाख ५४ हजार २६ आबेदकले प्रतिबद्धता जनाएका छन् । कूल ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि खुला गरिएको थियो । यसमा एक करोड १९ लाख ९९ हजार ८१० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले सर्ब साधारणबाट प्रतिकित्ता १० रुपैयाँका दरले रकम माग गरेको छ । बाँक ९० रुपैयाँ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि सर्बसाधारणले भुक्तानी गर्नुपर्छ । जुन नौ महिनापछि कम्पनीले माग गर्ने बिक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटलले जानकारी दिएको छ । कम्पनीले छिटोमा चैत्र १२ गतेसम्म बिक्री खुला गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७