बलिउड अभिनेत्री श्रद्धा कपुरले काठमाडौंका युवक रोहन श्रेष्ठसँग बिहे गर्दै, को हुन् रोहन ?


८ चैत्र २०७५, शुक्रबार
Shrada and Rohan shrestha 1

काठमाडौं, ८ चैत । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यममले उनी लामो समयदेखि रोहनसँग अफेयरमा रहेको लेखेका छन् ।

Shrada and Rohan shrestha 1

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् । ३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

Rohan Shresth

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् । केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।

बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७