टाटा मोटर्स कन्सट्रक्सन एक्सपो शुरु


८ चैत्र २०७५, शुक्रबार
dd 1


काठमाडौं, चैत ८ । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आज (शुक्रवार) देखि टाटा मोटर्स कन्स्ट्रक्सन एक्सपोको शुरु गरेको छ ।

dd 1


दुई दिनसम्म चल्ने यस एक्स्पो सिप्रदीको नैकापस्थित कर्पोरेट अफिसको प्रांगणमा आयोजना भैरहेको छ । यस एक्स्पोमा टाटा मोटर्सका निर्माण कार्य सम्बन्धी सवारी साधन, उपकरण र अन्य मेसिनहरु प्रदर्शनमा राखिएका छन् । सिप्रदी टे«डिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार यस एक्स्पोमा आउने दर्शकहरुले टाटाका निर्माण सम्बन्धी गाडी र उपकरणहरुको एउटै छतमुनी बिस्तृत जानकारी प्राप्त गर्न सक्ने बताए ।

5b35f5d9 44d8 4e21 ab27 1737f63892fc


‘यसबाट टाटाको निर्माणसँग सम्बन्धित उत्पादनहरुको छबि नेपाली बजारमा मजबुत हुने अपेक्षा हुने बताए ।’ यस एक्सपोमा सिप्रदीले आफ्नो LPK 2523 मोडेलको नयाँ टिप्पर पनि बजारमा ल्याएको घोषणा गरेको छ । 800nm Torque, , ३७ टनको सस्पेन्सन एवं ३०० लिटरको फ्यूल ट्यांकजस्ता अत्याधुनिक विशेषताले यस टिप्पर सम्पन्न छ ।
यस एक्सपोमा प्रदर्शित निर्माण सम्बन्धी सवारी साधन, उपकरण र मेसिन खरीद गर्न चाहनेहरुको लागि फाइनान्सिङ सुविधा पनि उपलब्ध छ । यस एक्सपोमा नृत्य, संगीत, फोटोसुटजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु लागयत फुड स्टलर निःशुल्क हेल्थ क्याम्प पनि समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७