वाम गठबन्धन असफल भए विप्लव हाबी हुन्छ


२० मंसिर २०७४, बुधबार
sagar rai 1

धरान: नेकपा (एमाले) र (माओवादी केन्द्र)बिच असोज १७ गते वाम गठबन्धन बनाएर प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जाने र त्यस पश्चात् पार्टी एकता गर्ने भएको सहमति राजनीतिक परिवर्तनका एतिहासिक मोड भन्दा फरक नपर्ला । मुलुकका दोस्रो र तेस्रो ठुलो राजनीति शक्तिबीच ध्रुबिकरणको समहतीले अन्य दलहरुमा तरङ्ग नल्याउने कुरो पनि भएन । तर, अधिकांश नेता र कार्यकर्तानै पार्टी एकता हुनेमा विश्वस्त भने छैनन् । निर्वाचनमा मात्रै एकताको प्रोपोगाण्ड फैलाएर बहुमत ल्याउन सकिन्छ भन्ने हेतुले दुई पार्टीका शीर्ष नेताहरू अगाडी बढेको उनै पार्टीका तल्लो तहका नेता कार्यकर्ताको बुझई छ ।

sagar rai 1
कत्ति एमालेका नेताहरुका अनुसार भन्ने हो भने हिंसात्मक आन्दोलनबाट आएको पार्टीसँग एकता गर्न नसकिने अभिव्यक्तिहरू पनि नआएको होइन । कत्ती बुद्धिजीवीहरू भ्ने चुनावी गठबन्धन र एकताको कुरोलाई कत्तीले चाहिँ ००७ सालको क्रान्तिपछि प्रजातन्त्र, २०४६ को जनआन्दोलन बाट बहुदलिय व्यवस्था, ०६२०६३ को जनआन्दोलनले स्थापना गरेका लोकतान्त्रिक गणतन्त्र र संविधान सभाको निर्वाचन ०७२ असोज ३ गते स्थापना भएको संविधानको परिकल्पना मान्छन् ।
अहिले वाम गठबन्धनका शीर्ष नेताहरूको एउटै स्वर छ समृद्धको लागि वाम गठबन्धन । काँग्रेसलाई पटकपटक सत्तामा पुगेको तर जनताका लागि केही नगरेको धेरैको गुनासो छ । हुन त जनताले काँग्रेसलाई दुई तिहाई बहुमत समेत नदिएको होइन । तर, पनि कुनै लछारपाटो लगाउन नसकेको इतिहास साँचि छँदैछ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीले बसालेको नयाँ मूल्य र मान्यतालाई शिरोधार्य गर्दै एमालेले पुन त्यही गल्ती लोकेन्द्रबहादुर चन्दलाई बोकेर सरकार बनाउँदा गरेको थियो । त्यसपछि २०६० साल सम्ममा कैयन गठबन्धन बने र भत्किए । जस्तो काँग्रेस–माले, काँग्रेस–एमाले । राजतन्त्र–काँग्रेस, राजतन्त्र–राप्रपाका दुई घटक, प्रजातान्त्रिक काँग्रेस (देउवा गुट)–एमाले–राजतन्त्र । चर्चित माघ १९ पछि, आन्दोलनका लागि सात–पार्टी गठबन्धन । दोस्रो आन्दोलनपछि, काँग्रेस–एमाले–माओवादी । त्यसपछि अरू झन्डै एक दर्जनजति गठबन्धन ।
स्थानीय तहको निर्वाचन हेर्ने हो भने वाम गठबन्धनको बहुमत आउने देखिन्छ । यसैको आधारमा वाम गठबन्धन प्रतिनिधि र प्रदेशसभामा पनि बहुमत आउने विवस्त छन् । यसो भएमा वाम गठबन्धनको ५ वर्ष सम्म स्थाइ सरकार बन्ने छ । यदि यस्तो अवस्था सिर्जना भएर राजनीति संस्कार, भ्रष्ट मानसिकता र चरम विकास को जनचाहनालाई सम्बोधन गर्ननसके मुलुक फेरि द्वन्द फस्ने सङ्केत देखिनछ ।
यसको नेतृत्व नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा क्रानतिकारीले गर्ने छ । विज्ञानको नियमै हो एउटा स्थापित हुँदा अर्को विस्थापित हुनु । अहिले पनि असन्तुष्टको नेतृत्व विप्लवले गरिरहेको छ । त्यसै अनुरूप उनी भूमिगत भैसकेको छ । तथापि विप्लव प्रचण्ड हुन नसक्ला । तर, मुलुकमा अशान्ति ल्याउने सङ्केत गरिनै रहेको छ । त्यसैले राजनीति स्थिायित्व हुन नसकेको खण्डमा विप्लव हाबी हुन सक्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७