प्रतिष्ठाकाे खेलमा नेपाल युएइसँग सात विकेटले पराजित


२० मंसिर २०७४, बुधबार
criket

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएईसँग सात विकेटले पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेकाे नेपालले प्रतिष्ठाका लागि मात्र भइरहेकाे खेल पनि गुमाएकाे हाे ।  अब  नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

criket

युएइ लिग अन्तर्गतको आवुधावीको सेख जायद क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल दिएको  दिएको लक्ष्य ४५.५ ओभरमा पुरा गर्दे विजयी भएकाे हाे ।   टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

नेपालको बलरहरुले युएईका ब्याट्सम्यानहरुसँग चल्न नसक्दा पराजित भयाे । टिमको स्कोर ४२ हुँदा युएईले पहिलो विकेट गुमायो । अस्फाक अहमद १९ रनमा रनआउट भए । दोस्रो विकेटका लागि युएईका कप्तान रोहन मुस्तफा र घुलमान सब्बरले ८१ रनको साझेदारी गर्दै इनिङ उकासे । मुस्तफा ६२ रनमा शरद भेषावकरको बलमा आउट हुँदा युएईले २२.६ ओभरमा १२३ रन बनाएको थियो ।
त्यसपछि आएका रमिज साहजादले सब्बरसँग मिलेर ६७ रनको साझेदारी गरेपछि युएई जितनजिक पुग्यो । रमिज साहजादले ३७ रन बनाएर आउट सन्दिप लामिछानेको बलमा आउट भए । नटअाउट रहेका सब्बरले ८१ रन बनाए भने मोहम्मद उस्मानले १७ रनको अविजित पारी खेले ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरले अर्धसतकीय पारी खल्दै ८३ बल खेलेर ६ चौका हानेका मल्लले ५३ रन बनाएका थिए । भेसवाकरले नटआउट ९५ बलमा ८१ रन बनाए।
ओपनर दिलिप नाथ आउट भएपछि १४.६ ओभरमा क्रिजमा आएका भेसवाकरले ७४ बलमा अर्धसतक पुरा गरेका थिए।नेपालका लागि कप्तान पार खड्का र सोमपाल कामीले २०र२० रनको योगदान दिए। ओपनर दिलिप नाथले १६ रन बनाउँदा विनोद भण्डारी ४ रनमा आउट भए। आरिफ शेख शून्यमा आउट भए भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।
यस्तै ज्ञानेन्द्रले शरद भेषवाकरसँग ४१ रनको साझेदारी गर्दै
त्यसपछि आएका कप्तान पारस खडकाले शरदसँग मिलेर ३८ रनको साझेदारी गरेका थिए। तर पारस २० रनमा आउट भएपछि नेपालले १२२ रनमा तेस्रो विकेट गुमायो। त्यसपछि क्रिजमा आएका आरिफ शेख खाता खोल्न नपाँउदै रन आउट भएपछि नेपालले १ सय २६ रनमा चौथो विकेट गुमायो।
नेपालको खातामा १३४ रन हुँदम अर्का बिस्फोटक ब्याट्मेन बिनोद भण्डारी ४ रनमा आउट भए। ४४ औं ओभरको छैठौं बलमा सोमपाल कामीलाई नेपालले छैठौं विकेटको रूपमा गुमाउँदा खातामा १८१ रन पुगेको थियो। त्यसपछि बसन्त रेग्मी र भेसवाकरले पारी सम्हाल्दै टिमको स्कोर २ सय रन कटाए।
बलिङतर्फ युएईका लागि जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले ११ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७