नेता मार्न पठाउनेलाई छुट दिन सकिंदैन : प्रधानमन्त्री


११ चैत्र २०७५, सोमबार
samsadiyadal 2 1

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी मूलधारको राजनीतिमा नआए सुखै नहुने बताएका छन् । उनले नेता मार्न पठाउनेलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् ।

samsadiyadal 2 1

सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले विप्लव सहज रुपमा नआए जेलमा बसाएर भए पनि उनलाई राजनीतिको मूलधारमा ल्याइने दावी गरे ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कार्बाहीको बाटो अवलम्बन गर्ने पनि बताएका छन् । ‘सहज रुपमा आउनु हुन्छ भने आउनु हुन्छ, होइन भने जेलमा बसेर आउनु हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जेलमा बसाएर भए पनि हामी विप्लवलाई मूलधारमा ल्याउँछौ ।’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाइने पनि बताए । ओलीले आज (सोमबार) बस्ने मन्त्रिपरिषद् वैठकले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धमा सिफारिस समिति गठनको निर्णय गर्ने सम्भावना रहेको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७