सम्पत्ति शुद्धिकरणका फेरिए एसपी, तीन डीएसपीको काज सरुवा, को–कहाँ ?


११ चैत्र २०७५, सोमबार

काठमाडौं, ११ चैत । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ ।

nepal police WW1clRuZ8f

प्रहरी प्रधान कार्यालयले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र केसीको सरुवा गरेको हो । एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको हो ।

सम्पति शुद्धिकरण अनुसन्धान विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । रानाभाट महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । एसपी केसी पछिल्लो समय भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेका थिए । यस्तै प्रहरी प्रधान कार्यालयले तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको छ ।

अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई केन्द्रिय अनुसन्धान ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७