मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु


११ चैत्र २०७५, सोमबार
car and motorcycle accident कार र मोटसाइकल दुर्घटना cover

राँझा, ११ चैत । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

car and motorcycle accident कार र मोटसाइकल दुर्घटना cover

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताए ।

दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७