प्रकाशशरण महतसहित कांग्रेस कार्यकर्ता धापासीमा पक्राउ(भिडियोसहित)


२० मंसिर २०७४, बुधबार
Prakash Sharan Mahat1

काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् । टोखा नगरपालिका वडा नम्बर ७ मा सुकुम्बासीलाई पैसा बाडेको भन्दै स्थानीयले घेरा हालेर नेता महत्त, नुवाकोटका कांग्रेस नेता एवं समानुपातिक उम्मेदवार बहादुरसिंह लामा सहितको कार्यकर्तालाई प्रहरीमा बुझाएका हुन् ।Prakash Sharan Mahat1
उनीहरु धापासी स्थित सुकुम्वासी वस्तीमा मतदातालाई प्रभावित गर्दै गर्दा स्थानीयको घेरावन्दीमा परेका छन् । केही वेर स्थानीय र उम्मेदवार महत वीच चर्काचर्की भएको थियो ।शसस्त्र प्रहरी पुगेर नेता महतलाई उद्धार गर्नुपरेको थियो । मौन अबधिको समयमा मतदाता प्रभावित गर्दै गर्दा महत र तमाङलाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीयहरुले बताए ।
कांग्रेसले भने बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकोटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका बेला एमाले कार्यकर्ताले दूर्व्यवहार बताएको छ ।
महत्तले मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही बसेको बताए ।

https://www.youtube.com/watch?v=sryGhS_hkFE

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७