सम्भव छ विप्लव कमरेड अहिले उखेल्न र ढाल्न ?


१३ चैत्र २०७५, बुधबार
20180428034202 netrabikarm chanda biplab

काठमाडौं, १३ चैत । पोहोर चुनावको मुखमा कांग्रेसका दुई नेतामाथि विप्लव नेकपाका कार्यकर्ताले बम आक्रमण गरे ।

20180428034202 netrabikarm chanda biplab

नुवाकोटमा डा.रामशरण महत र काठमाडौंको बूढानिलकण्ठमा गगन थापा । अहिले ती मान्छे फेला परेका छन्, अचम्मैका ।उदेकलाग्दो कुरा के भने ती आक्रमणमा सक्रिय विप्लवका चार कार्यकर्ता समातिँदा एकजना प्लस टु, अरु तीनजना चार–पाँच र ६ कक्षा पढेका । ती पनि अयोग्य लडाकुमा सूचिकृत भई, राज्यबाट सामाजिक पुनस्र्थापनाका नाममा पाँच–पाँच लाख रुपैयाँ बुझेर क्यान्टोन्मेण्ट छाडेका । एउटा उदाहरण हुन्, हेमन्तप्रकाश वलीका सुरक्षा सहयोगी नुमबहादुर विक । दाङको शिविरबाट निस्किएका ।

विप्लव समूहको मध्यकमाण्ड अहिले करिव–करिव सरकारी नियन्त्रणमा छ । विप्लव आफैँले कलंकी, खसीबजारमाथिको ट्याङ्लाफाँट हाइटमा ओलीसहितका केही केन्द्रीय नेतालाई सेल्टर मिलाइदिएका थिए । आफू पनि केही दिन त्यहीँ बसे । पछि विकेन्द्रित भएर बस्ने योजनाअनुरुप विप्लव अन्यत्र गए । त्यसपछि कहिले प्रकाण्ड, कहिले जीवन्त हुँदै अहिले हेमन्तप्रकाश समातिएका छन् । ती सबै कलंकी सेल्टरमै बस्थे । उपत्यकाबाट किसानका अध्यक्ष राजु कार्की, केन्द्रीय कार्यालय चलाउने केदार खतिवडा, अहिले मध्यकमाण्ड इञ्चार्ज सुदर्शनसहित जम्मा १९ जना नेता समातिएका हुन् ।

हेमन्तप्रकाश ओलीहरू शनिबार राति साढे ९ बजे एउटा सेल्टरबाट अर्को सेल्टर सर्ने क्रममा काभ्रेको खानीखोला गाउँपालिका– ७ मा ८ जना पक्राउ परेका हुन् । उनीहरू खानीखोलाबाट बा १७ प ४७९३ नम्बरको स्कोर्पियो आमनो–सामने हँुदा साँघुरो ठाउँबाट फुत्किन नसकेर गाडीमा जाँदै गर्दा पुलिसको गाडीसँग समातिए ।

त्यसअघि काभ्रे जिल्लाको साविक शिखरअम्बोटे गाविस ८, हालको रोशी गाउँपालिका २ काफलडाँडाबाट गत साता चार जना गिरफ्तार भए । उक्त प्रहरी अप्रेसनबाट ओली उम्किए । अघिल्लोपटक काफलडाँडामा ४ जना समातिँदा हेमन्तप्रकाशहरू पाँच सय मीटरको दूरीमा थिए । गोली चलेको सुनेपछि मोबाइल, डायरी, व्याट्री छाडेर भागे । उनीहरू १५ दिनसम्म काभ्रे आसपासमै थिए । नख्खुस्थित एनसेल मुख्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा बिष्फोट गराउने विशाल भन्ने राजीव तामाङ शुरुकै लटमा फेला परे ।

रामशरण महत र गगनमाथि बम पड्काउने ३३ वर्षीय तामाङ बम बनाउन र बिष्फोट गराउने विशेषज्ञ नै हुन् । शुक्रबार काभ्रेबाट परिचालित टोलीले उनीहरूको मोबिलिटीबारे हेडक्वार्टरलाई खबर गरेपछि दिउँसो काठमाडौंबाट प्रहरी टोली मुभ भएको थियो । एउटा घरमा दुई दिनभन्दा बढी नबसेको अवस्थामा उनीहरू पक्राउ परेको बताइन्छ ।

यो कारवाहीको नतिजालाई हेर्दा विप्लव नेकपासँग हिजोको जस्तो युद्धको सहजता भने छैन । काफलडाँडामा १० वर्षअगाडि बाटो थिएन । अहिले चार जना समातिएको घरैसम्म गाडी चल्छ । यसबीच प्रविधिको माध्यमबाट कस्ता–कस्ता जटिल अपराधमा संलग्न व्यक्तिहरू तुरुन्तै पक्राउ पर्ने स्थिति छ, जो १० वर्षअघि सम्भव थिएन, आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

पहिले एउटै पार्टीमा रहेका तत्कालीन माओवादी लडाकुहरू धरैजसो अहिले सरकारकै वरिपरि छन् । उनीहरूकै सहयोगका कारण पनि सूचनाको अभाव छैन । आक्रमण गर्ने शैली, योजना बनाउने र भेला गर्ने खबर हिजोका सहकर्मीहरूबाट पत्ता लाग्ने स्थिति छ । त्यसमाथि तीव्र शहरीकरणका कारण हिजो सुरक्षित सेल्टर बनाइएका सबै डाँडाकाँडामा यातायातको सुविधा पुगेको छ । लुक्ने र भाग्ने ठाउँको अभावका कारण युद्ध हाँक्न विप्लवलाई सजिलो छैन । कि सबै सडक उप्काउनुप¥यो कि दूरसञ्चारका सबै टावर ढाल्न सक्नुप¥यो । हिजो माओवादीलाई अप्ठ्यारो पर्दा एमालेले लुकाएर, सुरक्षाकर्मीलाई ढाँटेर सहयोग गर्थे, आज एमाले–माओवादी एउटै भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७