शिक्षक सेवा आयोगको सिफारिसविरुद्ध सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारी


१३ चैत्र २०७५, बुधबार
supreme court nepal

काठमाडौं, १३ चैत । शिक्षक सेवा आयोगको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट हालिएको छ ।

आयोगले समान अंक ल्याएको उम्मेदवारहरुमा शिक्षा सेवा आयोग नियमावली विपरीत जन्ममितिको आधारमा सिफारिस गरेपछि प्रतिष्पर्धी गणेशप्रसाद उपाध्यायले रिट दायर गरेका छन् ।
२०७५ फागुन २४ गते प्रकाशित निम्न माध्यमिक विद्यालय, मध्यमाञ्चल विज्ञान विज्ञापन नम्बर ३ अन्तर्गत आन्तरिक परीक्षाको अन्तिम नतिजामा दुई जनाको प्रतियोगितात्मक लिखित र मौखिक परीक्षा अंक जोड्दा समान ५८.५२ नम्बर ल्याएकोमा आयोगले नियमावली बिपरीत जन्ममितिको आधारमा जेष्ठ उम्मेदवारलाई सिफारिस गरेको थियो ।

शिक्षक सेवा आयोगको नियमवालीमा जन्ममितिको जेष्ठताका आधारमा सिफारिस हुने व्यवस्था छैन ।
रिट दायरकर्ता उपाध्याय भन्छन,‘कम उमेरकाे हुनु नै अयोग्यताको आधार हुन सक्दैन् ।’ यता आयोगले सुचित गरिएको पत्रमा यदी समान अंक आएमा विगतदेखिको अभ्यासअनुसार जन्ममितीको आधारमा जेष्ठतालाई प्राथमिकता दिएको बताएको छ ।

कारण देखाउ आदेश जारी
सर्वोच्चले जेष्ठताको आधारमा सिफारिस गरेको विषयमा उत्प्रेषण जारी गरेको छ ।

चैत्र ४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शिक्षा सेवा आयोग सानोठिमी भक्तपुर र शिक्षा विभााग सानोठिमी भक्तपुरको नाममा यसरी सिफारिस गर्नुपर्ने कारण देखाउ आदेश जारी गरेको छ । भने अब अन्तिम फैसला संयुक्त इजलासले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७