एइई परीक्षा हुन अगावै बाहिरियो पश्नपत्र


१४ चैत्र २०७५, बिहीबार
see

काठमाडौँ, १४ चैत । एसइई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र परीक्षा हुन अगावै बाहिरिएको छ ।

सप्तरीमा बिहीबार बिहान परीक्षा हुन १५ मिनेट बाँकी रहँदा प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु हुन अगाडी प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा समन्वय समितिले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गरेको छ ।

see

बाहिरिएको प्रश्नपत्र सामाजिक सञ्जालमा पनि पोस्ट भएको छ । बुधवार नै प्रश्न पत्र बाहिरिएको हल्ला चलेपनि परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पाण्डेले नक्कली रहेको दाबी गरेका थिए । तर, परीक्षा हुनु भन्दा अगाडी सामाजिक सञ्जालमा आएपछि भने सक्कली भएको पुष्टि भएको थियो । प्रश्नपत्र कसरी र कहाँबाट बाहिरिएको हो भन्ने विषयमा भने यकिन हुन सकेको छैन ।

seese

परीक्षा अमर्यादित रूपमा सञ्चालन गराइएको आरोपमा एक केन्द्राध्यक्षसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षा अमर्यादित बनाउन सहयोग गरेको भन्दै बुधवार साँझ बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्तासहित ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७