अमेरिकाका सफल ब्यवसायी देसार एनआरएनएको नेतृत्वका लागि उम्मेदवारी दिंदै


१५ चैत्र २०७५, शुक्रबार
desar 1

अमेरिका, बाल्टिमोर, १५ चैत । छोटो समयमै कुशल व्यवसायी बन्न सफल महेन्द्र देसारले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुहुने भएको छ ।

desar

परिवर्तनको संवाहक बन्ने उच्च अभिलाषा र उद्देश्य बोकेर उहाँले उक्त पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । प्रखर व्यक्तित्वका धनी देसारको मुख्य एजेण्डा भनेकै नेपाली समाजलाई अमेरिकामा स्थापित बनाएर समृद्ध बनाउनु हो ।
नवीन सोच, योजना र आर्थिक समृद्धिका लागि कुशल नेतृत्व गर्ने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रिनु भएको हो । नेपाली समाजको गरिमा र गौरवलाई दीगो तथा प्रतिष्ठित बनाउने अठोट लिनुभएको छ । देसारले विभिन्न सामाजिक तथा बिजनेश संघ÷संस्थामा आवद्ध भएर महत्वपूर्ण जिम्मेवारीका साथ कार्यसम्पादन गर्नुभएको छ ।
अमेरिकी सिंगो नेपाली समाजको निष्ठापूर्वक सेवा गर्ने पवित्र उद्देश्य बोकेर चुनावी मैदानमा उत्रन लाग्नुभएका देशारको मूल मन्त्र भनेकै समृद्ध नेपाल हो । एनआरएनएनभित्र छरिएर रहेका फूलहरुलाई एउटै माला बुन्ने दृढ अठोटका साथ उहाँले मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा उम्मेदवरी दिन लाग्नु भएको हो । उहाँको यस निर्णयले अमेरिकामा बस्दै आएका नेपालीमा नयाँ तरंग र उत्साह छाएको छ ।
अमेरिकामा बस्ने सबै नेपालीका ढुकढुकी र साहरा बनेका देसारको सपना भनेकै स्वच्छ भावले समाजसेवा गर्नु हो, अप्ठ्यारोमा परेका नेपालीलाई सहजीकरण गर्नु हो । अमेरिका जस्तो समृद्धशाली देशमा होटल व्यवसायमा सफलता हासिल गरिसक्नुभएका उहाँको चुनावी अभियान सबै नेपालीका लागि आशाको दियो बनेको छ ।
सानातिना व्यवसायी र व्यवसायको प्रवद्र्धन गर्दै नयाँ व्यवसायमा लाग्न चाहने नव उद्यमीलाई विजनेश अवधारणा सिकाउने उहाँको प्रतिवद्धता छ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैं अमेरिकामा छोटो समयमै सफलता हासिल गरिसक्नुभएका उहाँ नेपाल र नेपालीको आर्थिक विकासमा मार्गनिर्देश गर्नसक्ने व्यतिmत्वका रुपमा स्थापित हुनुभएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा जन्मनुभएका देशारले ११ वर्षदेखि अमेरिकालाई कर्म थलो बनाउनु भएको छ । २००८ देखि अमेरिकाको बाल्टिमोर मेरिल्याण्डमा बस्दै आउनु भएका देशारका दुई छोरी हुनुहन्छ । उहाँले २०१० मा यशोदा गुरुङसँग विवाह गर्नुभएको हो । उहाँ अहिले सपरिवारका साथ अमेरिकामा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७