माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल


१५ चैत्र २०७५, शुक्रबार
RN Betrabati Nuwakot Trishuli 3 A 2 b 1
afFwsf] k/LIf0f ;kmn M /;’jfdf afFw / g’jfsf]6df ljB’t pTkfbgu[x /x]sf] ^) d]ufjf6 Ifdtfsf] dflyNnf] lqz”nL y|L …PÚ hnljB’t cfof]hgfsf] ;+/rgf lgdf{0f k”/f eP;u}F ljB’t pTkfbgsf] nfuL laxLaf/ ul/Psf] afFw:ynsf] clGtd k/LIf0f . r}t ! ut]b]lv yflnPsf] k/LIf0f ;kmn eP;u}F bf]>f] r/0fsf] k/LIf0f cl3 a9fpg nfluPsf] 5 . t:jL/ M /fdxl/ Gof}kfg], /f;;, a]qfjtL -g’jfsf]6_ .

– नवदीप श्रेष्ठ/रामहरि न्यौपाने 

नुवाकोट, १५ चैत । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुुँदै गएको छ ।

आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । बाँधस्थलका तीन ढोकाबाट पानी थुनेर डिसेन्टर (पानी जमाउने पोखरी)मा पठाउने कार्य बिहीबार सफल भएको हो । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण उक्त आयोजनामा सबैभन्दा बढी क्षति पुगेको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसँगै तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले विश्वास व्यक्त गरे ।

बाँधको परीक्षण सफल : रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री …ए’ जलविद्युत आयोजनाको संरचना निर्माण पूरा भएसगैँ विद्युत उत्पादनको लागी बिहीबार गरिएको बाँधस्थलको अन्तिम परीक्षण । चैत १ गतेदेखि थालिएको परीक्षण सफल भएसगैँ दोश्रो चरणको परीक्षण अघि बढाउन लागिएको छ । तस्वीर : रामहरि न्यौपाने, रासस, बेत्रावती (नुवाकोट) ।

‘भूकम्पले क्षति पु¥याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण गर्नु चुनौती थियो, तीन ढोकामार्फत थुनिएको पानीले सहजै डिसेन्टरमा प्र्रवेश गरेको छ, यो सुखद् पक्ष हो’, उनले भने ।

बाँधस्थलको परीक्षणअन्तर्गत बिहीबार थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी) ले जनाएको छ । 

आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डिसेन्टर हँुदै सुरुङमार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाको साथ तीव्रगतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशत भन्दा बढी पूरा भएको छ । 

आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ । तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ । 

सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले यस आयोजाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो । इपिसी मोडलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो । क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पु¥याइएको छ । 

यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ । उक्त कार्य हाल ९५ प्रतिशत बढी सम्पन्न भइसकेको छ । 

आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक, चीनले वित्तीय व्यवस्थापन गरेको छ । आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले बाँधस्थल, पहुँचमार्गलगायतमा धेरै क्षति पु¥याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएसन’ दिइएको छैन । 

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गमा पु¥याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रूपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ । पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पु¥याएको छ । 

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरूपमा सञ्चालन आएपश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी हुनेछ । 

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत (पहाडभित्र) बनाइएको छ । आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा गरिएको लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिन्छ । “कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रूपमा हेरिएको छ”, आयोजनाका उपप्रबन्धक ज्याख्वाले भन्नुभयो । 

उहाँका अनुसार आयोजना सम्पन्नपश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माणकार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्ने गरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ । 
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७